दफा १४
गैर नेपाली नागरिकले मतदान गर्न नहुने
(१) कुनै पनि गैर नेपाली नागरिकले निर्वाचनमा मतदान गर्न हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।